बलिउड अभिनेत्री कंगना रनौतले नयाँ फ्ल्याट किनेकी छिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ चलचित्रको छायांकनका लागि मध्य प्रदेशमा रहेकी कंगनाले चण्डीगढमा नयाँ फ्ल्याट किनेकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले आफ्ना भाइ अक्षत, बहिनी रंगोली र दुई भतिजीलाई उपहार दिन चारवटा सुविधासम्पन्न फ्ल्याट किनेकी हुन्। चारवटै फ्ल्याट चार करोड भारूमा किनेकी हुन्। चारै फ्ल्याट चण्डीगढ एयरपोर्टनजिकै छन्। कंगनाले फ्ल्याट किनेर भाइबहिनीहरूको सपना पूरा गरेकी हुन्।

उनले किनेका सबै अपार्टमेन्टको निर्माणको कार्य जारी छ। २०२३ सम्म निर्माण सम्पन्न हुनेछ। उक्त कुराको पुष्टि गर्दै कंगनाले आफ्नो परिवारको लागि योगदान गर्न पाउँदा आफूलाई सौभाग्यशाली भएको बताइन्।

उनको अभिनय रहेको थलाइवी चलचित्र यही वर्ष प्रर्दशनमा आउनेछ। उक्त चलचित्र तमिलनाडुका पूर्वमुख्यमन्त्री जे। जयललिताको जीवनीमा आधारित रहेर बन्दै छ। त्यस्तै, चलचित्र धाकडको छायांकन चलिरहेको छ।