काठमाडौं ।म्यानमारको सेनाले बिहीबार फेसबुक तथा अन्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ ।म्यानमारका मानिसहरुका लागि सामाजिक सञ्जाल फेसबुकलगायतका सामाजिक सञ्जाल सञ्चारको महत्वपूर्ण प्लेटफर्मको रुपमा रहँदै आएका छन् ।गत सोमबार म्यानमारको सेनाले मुलुकका प्रजातन्त्र पक्षधर नेताहरु तथा सांसदहरुलाई हिरासतमा लिँदै कू गरेको थियो ।कू भएपछि म्यानमारका मानिसहरुले फेसबुकमा तस्वीर तथा भिडियोहरु सेयर गरेका थिए ।जसको कारण ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा उत्रिएका थिए ।म्यानमारको सञ्चार तथा यातायात मन्त्रालयले यो प्रतिबन्ध फेब्रुअरी ७ सम्म जारी रहने बताएको छ ।मन्त्रालयले पछिल्लो समय फेसबुकको प्रयोगले मानिसहरुले मिथ्या समाचार तथा गलत सन्देश प्रवाह भइरहेको दाबी गरेको छ ।मन्त्रालयले अहिले म्यानमारको स्थायित्व नचाहने मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख्य मात्रामा गलत सन्देश प्रवाह गरिरहेको दाबी गरेको छ । फेसबुकले पनि आफ्नो सेवा म्यानमारमा बन्द भएको पुष्टि गरेको छ ।यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारको सैन्य कू असफल हुनुपर्ने बताएका थिए ।उनले गत नोभेम्बरमा भएको निर्वाचनपछि सेनाले सत्ता आफ्नो हातमा लिनु अस्वीकार्य रहेको बताएका छन्।
म्यानमारमा फेसबुकलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध
सवालनेपालसंवाददाताबिहीबार, २१ माघ २०७७

म्यानमारमा फेसबुकलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



