विश्व बजारमा भएको पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिको असर नेपालमा पर्न थालेको छ।नियमित मूल्य समायोजन नहुँदा नेपाल आयल निगमको नोक्सानीसमेत बढ्दै गएको छ।भारतीय पेट्रोल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार फेब्रुवरी १५ सम्म पेट्रोलियम पदार्थको बिक्रीबाट निगमले ९७ करोड ७५ लाख रुपैयाँ नोक्सान व्यहोर्ने देखिन्छ ।निगमले हाल दैनिक साढे छ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ।पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको घाटाका कारण चर्को नोक्सानी हुने अवस्था देखिएको हो ।इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार फेब्रुवरीको पहिलो पाक्षिकका लागि निगमले पेट्रोलको प्रतिलिटर ५१ रुपैयाँ ६९ पैसा, डिजेलको ५२ रुपैयाँ ३९ पैसा, मट्टितेलको ४८ रुपैयाँ ७६ पैसा र हवाई इन्धनको ४८ रुपैयाँ पाँच पैसा तिर्नुपर्छ।त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार १२९ रुपैयाँ ८१ पैसा भुक्तानी गर्नुपर्छ।आइओसीले पठाएको मूल्यमा विभिन्न शीर्षकमा कर लाग्दै आएको छ ।ती सबै कर जोडेर निगमलाई पेट्रोलमा ११६ रुपैयाँ ८० पैसा पर्न आउँछ ।त्यस्तै, डिजेलमा प्रतिलिटर ९७ रुपैयाँ ६७ पैसा, मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ ९० पैसा, आन्तरिक हवाई इन्धन प्रतिलिटर ६३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १६ सय ७५ रुपैयाँ ११ पैसा लागत पर्ने देखिन्छ ।निगमले पेट्रोलको मूल्य प्रतिलिटर रू. ११०, डिजेल र मट्टितेल रू. ९३, आन्तरिक हवाई इन्धन रू. ६५ र अन्तरराष्ट्रिय हवाई इन्धनको प्रतिलिटर शून्य दशमलव ८७अमेरिकी डलर तोकेको छ । खाना पकाउने एलपी ग्यासको विक्री मूल्य प्रतिसिलिण्डर १३ सय ७५ तोकिएको छ।
नियमित मूल्य समायोजन नहुँदा निगमलाई घाटा
सवालनेपालसंवाददाताशुक्रबार, २२ माघ २०७७

नियमित मूल्य समायोजन नहुँदा निगमलाई घाटा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



