म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन चर्किएको छ । दोस्रो दिन पनि याङ्गुनमा एक हजार भन्दा बढि मानिस प्रदर्शनका लागि भेला भएका छन् ।

हप्ता दिन पहिले म्यानमारकाे सेनाले निर्वाचित सरकारलाई हटाएर सत्ता आफ्नो हातमा लिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आङ साङ सूकीसहितका नेताहरुलाई गिरफ्तार गरेर सेनाले म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा गरेको छ।

एएफपी समाचार संस्थासँगको कुराकानीमा प्रदर्शनकारी मियो विनले आफूहरु प्रजातन्त्रका लागि अगाडि आएको बताए।

याङ्गुन विश्वविद्यालय नजिक प्रहरीका ट्रक तथा दंगा नियन्त्रण साधनहरु तैनाथ गरेको छ। याङ्गुनसहित अरु शहरहरुमा पनि प्रदर्शन भएको छ।

मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्दको निन्दा गरेको छ।

मानवअधिकारको गम्भीर उल्लंघनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाई छ।