वुहानको सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

कोरोना भाइरस चीनको वुहानको प्रयोगशालाबाट फैलिएको आशंकाबीच विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर अनुसन्धान गरेका हुन्।

उनीहरुले गरेको अनुसन्धानबाट समुद्री खाना बजारबाट कोरोना फैलिएको देखिएको हो।

कोरोना भाइरस भने सोही माछा बजारमै उत्पत्ति भएको हो या होइन भन्ने अझै खुल्न सकेको छैन।

विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालाको पनि अध्ययन गरेका छन्।

अमेरिकी अधिकारीहरुले यसै प्रयोगशालाबाट कोरोना फैलिएको आशंका गरेका छन्।

तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले बताएका छन्।

विज्ञहरुका अनुसार वुहानको माछा बजारभन्दा पहिले नै यो सङ्क्रमण अन्यत्र देखिएको हुनसक्छ।

उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान जारी राखेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah