दाङ, २६ माघ । उपत्यका पछि दाङको तुलसीपुरमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ३ स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ । ‘ट्रफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड समातेर उभिएको ट्राफिक प्रहरी जस्तै देखिने गरी तुलसीपुरको वीरेन्द्र चोक, बसर्पाक जाने पिपलबोटमा र बाहिनी चोकमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिब बहादुर सिंहले बताउनुभयो ।झट्ट टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले गाडीको गति कम गर्ने र सर्वसाधारणले पनि ट्राफिकको नियम पालना गर्दा दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने र जनशक्ति अभावलाई समेत केही हदसम्म टार्ने भएकाले यो डमी पछिल्लो समय उपयोगी मानिएको उहाँले बताउनुभयो ।

तुलसीपुर बजारमा डमी राखिएको पछि यसले केहिहद सम्म आफुहरुलाई सहयोग मिल्ने तुलसीपुर ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक चन्द्र केसीले बताउनुभयो । तुलसीपुर बजार ठुलो र ट्राफिक प्रहरीको जनशक्ति कमी हुदाँ आफुहरु निरन्तर रुपमा ट्राफिक ब्यवस्थापन गर्दै आइरहेको उहाँले बताउनुभयो ।तुलसीपुर बजारमा ट्राफिक डमीहरु राखेपछि सवारी चालकहरु सचेत हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीले बताउनुभयो । उहाँल रातको समयमा मादक पदार्थ सेवन गरी चलाउन चालकले उक्त डमी देखिपछि डराउन र तिव्र गतिमा चलाउनले पनि गति गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah