प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न निर्वाचन आयोग पुगेका छन्।प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा फुट आएको छ। पार्टी विभाजित भएपछि आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी गर्न मंगलबार प्रधानमन्त्री ओली पार्टीका पदाधिकारीको टोलीसहित निर्वाचन आयोग पुगेका हुन्।उक्त टोलीमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, पार्टी कार्यालयका सचिव ईश्वरी रिजाल लगायत रहेका छन्।कार्यालय सचिव रिजालले आफूहरु सरकारको नभइ पार्टी विवादको विषयमा छलफल गर्न निवाचन आयोग आएको जानकारी दिए।नेकपा विभाजनपछि दुवै समूहले आधिकारिकता दावी गरे पनि निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि समूहलाई मान्यता दिएको छैन्।आयोगले विभाजनबारे छलफलका लागि नेकपाका दुवै पक्षलाई माघ १६ गते नै उपस्थित हुन भनेको भए पनि प्रचण्ड–नेपाल पक्षले थप समय मागेका कारण छलफल हुन सकेको थिएन।यसअघि प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा आफूहरु आधिकारिक भएको दावी गरिसकेको छ। पार्टी विभाजनपछि ओली पहिलोपटक नेकपा दावी गर्न निर्वाचन आयोग पुगेका हुन्।
नेकपा दाबी गर्न प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग
सवालनेपालसंवाददातामंगलबार, २६ माघ २०७७

नेकपा दाबी गर्न प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



