प्रचण्ड-नेपाल समूहको विरोध जुलुस सुरू भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्धमा प्रचण्ड-नेपाल समूहले बुधबार विरोधसभा आयोजना गरेको हो।विभिन्न ठाउँबाट कमान्डर सहितको जुलुस काठमाडौंको भृकुटीमण्डपमा भेला हुने क्रम जारी छ। गत पुस १४ गते पनि सोही ठाउँमा प्रचण्ड-नेपाल समूहले विरोधसभाको आयोजना गरेको थियो।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। ओली र प्रचण्ड-नेपाल भिन्न समूह बनाएर कार्यक्रम गरिरहेका छन्।आजको प्रदर्शनमा दुई लाख मानिस सडकमा उतार्ने दाबी प्रचण्ड-नेपाल समूहको छ।

प्रतिक्रिया

सम्बन्धित खवर