एजेन्सी ।अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाएका ३६ जनामा ‘थ्रोम्बोसाइटोपेनिया’ (रगतसँग सबन्धित दुलर्भ रोग) देखिएको छ। उनीहरुले फाइजर र बायोएनटेक अथवा मोडर्नाको खोप लगाएका बताइएको छ । यद्यपी कुन खोपबाट उक्त रोग देखियो भन्ने बारे भने निष्कर्ष निस्किसकेको छैन।३६ जना सबैमा खोप लगाएपछि नै ‘थ्रोम्बोसाइटोपेनिया’ देखिएको भन्ने कुरा स्पष्ट भइनसकेको फाइजरका अधिकारीलाई उदृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।सो दुर्लभ रोग देखिएकाहरुमध्ये एक प्रसूति रोग विशेषज्ञ डा. ग्रेगरी माइकलको मृत्यु भएको छ। ५६ वर्षीया माइकलको फाइजरको खोप लगाएको १६ दिनपछि ब्रेन ह्याम्रेजका कारण मृत्यु भएको हो । उनमा थ्रोम्बोसाइटोपेनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।अमेरिकामा अहिलेसम्म ४ करोड ३ लाख मानिसले कोरोनाको खोप लगाइसकेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय