एजेन्सी ।अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाएका ३६ जनामा ‘थ्रोम्बोसाइटोपेनिया’ (रगतसँग सबन्धित दुलर्भ रोग) देखिएको छ। उनीहरुले फाइजर र बायोएनटेक अथवा मोडर्नाको खोप लगाएका बताइएको छ । यद्यपी कुन खोपबाट उक्त रोग देखियो भन्ने बारे भने निष्कर्ष निस्किसकेको छैन।३६ जना सबैमा खोप लगाएपछि नै ‘थ्रोम्बोसाइटोपेनिया’ देखिएको भन्ने कुरा स्पष्ट भइनसकेको फाइजरका अधिकारीलाई उदृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।सो दुर्लभ रोग देखिएकाहरुमध्ये एक प्रसूति रोग विशेषज्ञ डा. ग्रेगरी माइकलको मृत्यु भएको छ। ५६ वर्षीया माइकलको फाइजरको खोप लगाएको १६ दिनपछि ब्रेन ह्याम्रेजका कारण मृत्यु भएको हो । उनमा थ्रोम्बोसाइटोपेनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।अमेरिकामा अहिलेसम्म ४ करोड ३ लाख मानिसले कोरोनाको खोप लगाइसकेको छन् ।
अमेरिकामा कोरोना खोप लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’
सवालनेपालसंवाददाताबुधबार, २७ माघ २०७७

अमेरिकामा कोरोना खोप लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



