मुम्बई– २३ वर्षीया फाइनान्सियल एक्सचेञ्ज इन्फर्मेशन एनालिस्ट मानसा वाराणसीले फेमिना मिस इन्डिया २०२० को उपाधि जितेकी छिन् ।

फेमिना मिस इन्डियाको आधिकारिक इन्स्टाग्राम एकाउन्टबाट मिस इन्डियाका उत्कृष्ट तीन विजेताको नाम घोषणा गरिएको छ ।

फेब्रअरी १० का दिन आयोजित फेमिना मिस इन्डिया २०२० को ग्राण्ड फिनालेमा तेलंगानाकी मानसाले मिस इन्डियाको क्राउन जितेकी हुन् भने मान्या सिंह तथा मनिका शियाकाण्ड फस्ट तथा सेकेण्ड रनर्स अप रहन सफल भए ।

खुशी मिश्रा, मान्या सिंह, मानसा वाराणसी, रति हुलजी तथा मनिका शेओकाण्ड फेमिना मिस इन्डिया २०२० को उत्कृष्ट ५ मा पुग्न सफल भएका थिए ।

फेमिना मिस इन्डिया २०२० को ग्राण्ड फिनालेको आयोजना मुम्बईको प्लश होटलमा गरिएको हो ।

वाणी कपूर, चित्रांगदा सिंह, नेहा धूपिया, अपारशक्ति खुराना तथा पुलकित सम्राट जस्ता सेलिब्रेटीहरु उक्त समारोहमा सहभागि भएका थिए ।

बलिउड अभिनेता अपारशक्ति खुरानाले उक्त प्रतियोगितामा उद्घोषण गरेका थिए ।

समारोहमा पुलकित सम्राट तथा चित्रांगदा सिंह प्रतियोगितामा निर्णायकको रुपमा समेत रहे भने वाणीले उक्त समारोहमा उत्कृष्ट प्रस्तुति दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah