अमेरिकाका राष्ट्रपति जो बाइडनले चीनबाट भएको भनिएको मानवअधिकार उल्लंघन तथा क्षेत्रीय विस्तारवादका विषयमा चीनका राष्ट्रपति सी चिनफिङसँग टेलिफोन वार्ता गरेका छन् ।

बाइडनले रक्षा मन्त्रालय पेन्टागनमा चीनसम्बन्धी एक कार्यदल गठन गरेको घोषणाको केही घन्टापछि बाइडन र सीबीच वार्ता भएको हो ।

अमेरिकाले ताइवानलाई समर्थन गरिरहेको छ भने बेइजिङले ताइवानलाई चीनमा मिसाउने कुरा गरिरहेको छ । चीन र अमेरिकाबीचको सम्बन्धमा यो सबभन्दा संवेदनशील विषय हो र बाइडनले फोनकलमा यो कुरा उठाए ।

बाइडनले हङकङमा लगाएको राष्ट्रिय सुरक्षा कानून र सिन्ज्याङमा गरिएको भनिएको मानवअधिकार उल्लंघनको विष पनि उठाएको ह्वाइट हाउसले जनाएको छ । उनीहरूले विश्वव्यापी स्वास्थ्य सुरक्षा, जलवायु परिवर्तन तथा

हतियार विस्तारमा रोकका विषयमा पनि कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ ।

चीनको सरकारी सञ्चारमाध्यमले दिएको खबरअनुसार, दुई नेताबीच चिनियाँ नववर्षको अवसरमा शुभकामना आदानप्रदान भएको छ र दुवैले द्विपक्षीय सम्बन्ध तथा प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा विचार साटासाट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर