दाङ - देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकको उचित स्याहारसुसार गर्ने परिवारलाई सम्मान गरेको छ ।राप्ती गाउँपालिकाले परिवारका ज्येष्ठ सदस्यको सम्मानपूर्ण व्यवहारकासाथ पालनपोषण गर्दै आएका ९ वडाका ६७ जना छाेराबुहारीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेकाे हाे ।उनीहरुलाई गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/२०७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार वडागत रुपमा टोल सुधार समिति, जनप्रतिनिधि तथा छरछिमेकीको सिफारिसका आधारमा छनौट गरिएकाे हाे । ज्येष्ठ नागरिक आमाबुबा, सासू-ससुरा वा अन्य ज्येष्ठ नागरिकको सम्मानमा घरका सदस्यहरुको भूमिकामा कमी नहोस् भनेर छोराबुहारीहरुलाई सम्मान गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भयाे ।राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिककाे सम्मान, न्यानो कपडा वितरण तथा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
दाङमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने ६७ छोराबुहारी सम्मानित
सवालनेपालसंवाददाताबिहीबार, २८ माघ २०७७

दाङमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने ६७ छोराबुहारी सम्मानित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
मिस नेपाल २०२३ का २४ प्रतियोगी

यो पनि पढ्नुहोस् »
कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

मिस नेपाल २०२३ का २४ प्रतियोगी
सोमबार, १ जेठ २०८०
कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै
सोमबार, १ फागुन २०७९
आगलागी पीडितलाई सुदर्शन सहकारीद्वारा आर्थिक सहयोग
सोमबार, ३ असोज २०७९
१२ करोड खर्चेर हिमालबाट ३५ टन फोहोर उठाउँदैछ सेना
बुधबार, ११ फागुन २०७८
मंगलबार पनि घट्यो सेयर बजार, कारोबार खुम्चियो
मंगलबार, ११ माघ २०७८



