३० माघ (रासस÷सिन्ह्वा) ः ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ । सो अवधीमा ब्र्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्हवा समाचार समितिले जानकारी दिएको छ ।ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरुभए यता हालसमम २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । कोरोना भाइरसबाट विश्वभरी १० करोड ८३ लाख भन्दा बढी संक्रमित भएका छन् । यसको संक्रमणको कारण विश्वभरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ । सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट ८ करोड ३ लाख ६० हजार भन्दा बढी व्यक्ति मुक्त भएका छन् ।
कोरोना भाइरसबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु
सवालनेपालसंवाददाताशुक्रबार, २९ माघ २०७७

कोरोना भाइरसबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



