लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमणको दरमा केहि कमी हुँदै गएको सरकारी तथ्याङ्कले देखाएको छ । संक्रमण दर, मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्यामा पनि उल्लेखनीय कमी आएको छ ।

शनिबार सार्वजनिक तथ्याङ्क अनुसार कोरोना भाइरसका कारण बेलायतमा २४ घन्टाभित्र थप ६२१ जानको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १७ हजारको हाराहारीमा पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म एक लाख १६ हजार ९०८ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा १३ हजार ३०८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नया थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ४० लाख २७ हजार १०६ पुगेको छ ।

बेलायतका अस्पतालमा हाल २३ हजार ३४१ जनाको उपचार भैरहेको छ भने दुई हजार ९४३ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

एक करोड ४५ लाख बढीले लगाए खोप

बेलायतमा एक करोड ४५ लाख भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याङ्क अनुसार हालसम्म एक करोड ४५ लाख ५६ हजार ८२७ जनाले खोपको पहिलो डोज लिएका हुन् ।

बेलायतमा दैनिक रुपमा पाँच लाखभन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिने गरेका छन् । जसमध्ये पाँच लाख ३४ हजार ८६९ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah