एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स  नापोलीसँग स्तब्ध भएको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सलाई नापोलीले १-० ले पराजित गरेको हो ।घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । खेलको ३१औँ मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए ।जितसँगै नापोली लिगको चौथो स्थानमा उक्लिएको छ ।नापोलीले २१ खेलमा ४० अंक जोडेको छ ।हारसँगै शीर्षस्थानको एसी मिलानसँग अंक दूरी घटाउने युभेन्ट्सको चाहानामा धक्का लागेको छ । तेस्रो स्थानमा रहेको युभेन्ट्सको ४२ अंक छ । शीर्ष स्थानको मिलानको ४९ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय