काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवाद हल नगरी कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ ।आयोगले आइतबार निर्वाचन आचार संहिताबारे छलफल गर्न दलहरुलाई बोलाएको थियो । छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेलले आयोगले दलको विवाद निरुपण गर्नुको विकल्प नभएको बताए।५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै फुटेको नेकपाको दुबै समूहले आफ्नो समूहको निर्णय राजनीतिक दलसम्बन्धी किताबमा अद्यावधिक गर्न आयोगलाई आग्रह गरेका थिए, तर आयोगले ११ माघमा दुबैको दाबीलाई मान्यता नदिने निर्णय ग¥यो । त्यसलाई नै आधार मानेर आफूहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिएको भन्दै नेता पोखरेलले भने, ‘दलको ६४ प्रतिशत मत भएको दलबारे टुंगो नगरी कहाँ गएर चुनाव गर्नुहुन्छ भनेर सोधेका छौं । उहाँहरुले जवाफ दिन्छौं भन्नु भएको छ ।’आयोग सरकारको लाचार छाया नबनोस् भनेर आफूहरुले भनेको उनले सुनाए ।
आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : नेकपाको विवाद हल नगरी चुनाव हुन्छ ?
सवालनेपालसंवाददाताआइतबार, २ फागुन २०७७

आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : नेकपाको विवाद हल नगरी चुनाव हुन्छ ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



