३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ।जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् ।यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।
कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्दै
सवालनेपालसंवाददातासोमबार, ३ फागुन २०७७

कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्दै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



