भारतको महाराष्ट्रमा ट्रकले पल्टिँदा १६ जना मजदुरको मृत्यु भएको छ। जालगाउँ जिल्लामा भएको दुर्घटनामा परी मृत्यु हुनेमा अभोदा, केरहाला र राभेरका मजदुर रहेको बताइएको छ।

मजदुरहरू मेवा बोकेको ट्रकमा चढेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

किनगाउँको मन्दिरनजिकै आइतबार मध्यरातमा ट्रक पल्टिएको हो।

दुर्घटनामा पाँच मजदुरहरू बाँचेका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दु:ख मनाउ गर्दै ज्यान गुमाएकाका आफन्तमा समवेदना व्यक्त गरेका छन्।