राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकताहरुले सप्तरीमा खटिएका करिब ५५ जना मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएको छ ।
आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान अधिकृत र सहाकयक मतदान अधिकृतहरुलाई बुधबार बिहान ११ बजे निर्वाचनसम्बन्धी तालिम राखेको छ । बिहान १० बजेअघि नै तालिमस्थल पुगेका राजपा कार्यकर्ताहरुले प्रवेशद्वारमै सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् ।
निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी क्याम्पसमा तालिम राखेको थियो । तर, सुरु हुनु अगाडि नै राजपाका कार्यकर्ताले क्याम्पस घेराउ गर्दै धर्ना दिएका छन् ।
राजपाका कार्यकर्ताले तालिममा सहभागी हुन आएका निर्वाचन तथा मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर धर्नामा बसालेका छन् ।



