काठमाण्डाै – म्यानमारमा सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट पीडित हुन थालेपछि नागरिकहरूले रातभरि गस्ती गर्न थालेका छन् ।

स्थानीय व्यक्तिहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि राति गस्ती गर्न थालेको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका छन् । रातको समयमा पक्राउ गर्ने क्रमसमेत बढेपछि एनएलडीले यसअघि नै रातिको समयमा पक्राउ नगर्न आग्रह गरेको थियो ।

सेनाले नेतृ आङ सान सुकीसहितलाई नजरबन्दमा राखेर सत्ता कब्जा गरेपछि बनेको सैनिक सरकारले सयाैँ मानिसहरूलाई बन्दी बनाएको छ । सैन्य ‘कू’ को विरोधमा भइरहेका प्रदर्शनलाई रोक्न सेनाले सहर तथा गाउँमा पसेर प्रभावशाली व्यक्तिलाई पक्राउ गर्न थालेको र यसलाई असफल बनाउन एनएलडीले आफ्ना नेता, शुभचिन्तक तथा मतदातालाई निर्देशन गरेको छ ।

सेनाले जेलमा रहेका कैदीहरूलाई रिहा गरी समुदायमा सैनिक सरकारको पक्षमा अभिमत सिर्जना गर्न पठाइएको चर्चापछि प्रजातन्त्र पक्षधर अभियान्ताहरु गस्तीमा निस्केका एनएलडीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah