उत्तर कोरियाका शासक किम जोङ उनकी पत्नी एक वर्षपछि सार्वजनिक स्थानमा देखिएकी छन् ।

उनी लामो समय नदेखिँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अनेकथरी अडकलबाजी भइरहेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

री सोल जू आफ्ना दिवंगत ससुरा किम जोङ इलको जन्मजयन्तीको अवसरमा आयोजित एक संगीत समारोहमा पति किमसँग देखिएकी हुन्

उत्तरको सरकारी समाचार संस्था केसीएनएले आफ्नो रिपोर्टमा उल्लेख गरेअनुसार, रीसँग किम स्टेडियममा आउँदा ताली बजेको थियो र मानिसहरू हुर्रे हुर्रे गरिरहेका थिए ।

रीलाई कोरोना लागेकाले आइसोलेसनमा बसेकाले गर्दा सार्वजनिक समारोहमा नदेखिएको बताइएको छ ।

स्वतन्त्र विश्लेषक रेशल मिनयङका अनुसार, रीलाई कोरोना संक्रमण भएको हुन सक्छ । उनले क्वारेन्टीन नियमलाई कठोरतापूर्वक पालन गरेको र यसबाट देश र विश्वलाई सन्देश जाने उनको भनाइ छ ।

दक्षिण कोरियाको गुप्तचर संस्थाले चाहिँ एक वर्षदेखि री बच्चाहरू स्याहारिरहेको जनायो । कोरोनाका कारण उनी बालबच्चालाई सुरक्षित राख्न बाहिर ननिस्केको उसको भनाइ छ ।

उत्तर कोरियाले कोरोनाविरुद्धको फाइजर खोपसम्बन्धी जानकारी चोरेको आरोप पनि उक्त संस्थाले लगाएको छ ।