भारतको जोधपुरमा बालात्कारको अभियोगमा आजीवन कारावासको संजाय भोगिरहेका धार्मिक गुरु आशारामले आफूलाई छातीमा पिडा भएको जनाएपछि अस्पतालमा भर्ना गरिएको छ। उनलाई जोधपुरस्थित महात्मा गान्धी अस्पतालको आपतकालिन कक्षमा उपचारकालागि लगिएको थियो जहाँबाट उनलाई मथुरादास माथुर अस्पतालमा सारिएको छ। मुटु रोग विशेषज्ञहरुले उनको मुटुको परीक्षण गरेका छन। उनको ईसिजी रिपोर्टमा सामान्य परिवर्तन देखिएपनि उनको अवस्था भने सामान्य रहेको जनाईएको छ। आशाराम बापुलाई गत सन २०१३ मा उनको आश्रममा एकजना बालिकालाई बालात्कार गरेको आरोप लगाईएको थियो जसलाई उनले स्विकार गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय