भारत र चीनबीच सन् २०२० को अगस्ट महिनाको अन्त्यतिर लद्दाखको कैलाश रेन्जमा युद्ध हुनै लागेको भारतको उत्तरी कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाई के जोशीले बुधवार बताएका छन् ।‘हामी भिड्ने पूरै तयारीमा थियौं तर युद्ध टर्यो,’ उनले लेहमा पत्रकारहरूलाई बताए ।जुन १५ मा गलवान उपत्यकामा भएको भिडन्तमा ४५ जना चिनियाँ सैनिक मारिएको हुन सक्ने उनको भनाइ छ ।भारतले उक्त भिडन्तमा २० जना सैनिक गुमाएको थियो भने चीनले हताहत सैनिकको संख्या अहिलेसम्म खुलाएको छैन ।भारतले चीनलाई आफ्नो भूमि नसुम्पेको अनि चीनले बेइज्जती बाहेक केही पनि नखेपेको उनले बताए ।कैलाश रेन्जका उचाइहरूमा कब्जा गरेर भारतीय सैनिकहरूले चिनियाँ जनमुक्ति सेनालाई आश्चर्यमा पारेको र ट्यांक समेत लगेको जसबाट पूर्ण युद्ध हुने स्थिति आएको उनको भनाइ छ।चिनियाँ सेनाले पनि उचाइमा आफ्ना ट्यांकहरू लगेको र भारतीय सैनिकहरू उचाइमा ट्यांक र रकेट लोन्चर सहित बसेको उनले बताए । चिनियाँ सेनालाई आफ्नो टेलिस्कोपमा देख्दा ट्रिगर दबाउन सजिलो भए पनि अधिकतम संयम कायम गरेको उनको भनाइ छ । ‘ती हाम्रा लागि तनावग्रस्त र चुनौतीपूर्ण क्षण थिए,’ उनले भने ।पांगोङ ताल क्षेत्रमा भारत र चीनका सैनिक फिर्ती प्रक्रिया चलिरहेको छ ।
भारत र चीनबीच हुनै लागेको थियो युद्ध, के कारणले रोकियो ?
सवालनेपालसंवाददाताबिहीबार, ६ फागुन २०७७

भारत र चीनबीच हुनै लागेको थियो युद्ध, के कारणले रोकियो ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



