भारतमा जम्मु–कश्मीरको श्रीनगरमा भएको आतंकवादी हमलामा दुईजना भारतीय प्रहरीको मृत्यु भएको छ। श्रीनगरको बाराजुल्ला क्षेत्रमा शुक्रबार दिउँसो आक्रमण भएको हो।

आक्रमणबाट घाइते भएका दुई प्रहरीको मृत्यु भएको हो। दिउँसै भएको आतंकवादी आक्रमणपछि सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेरा हालेर सर्च अप्रेशन चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आक्रमणको सीसीटिभी फुटेस पनि सार्वजनिक भएको छ। जसमा एक व्यक्तिले शरीरमा लुकाएर ल्याएको हतियार निकालेर आक्रमण गरी भागेको देखिएको छ।