काठमाण्डाै – अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ ।

बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो ।

आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।

विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु रहेका थिए । उनीहरु सबै सुरक्षित रहेका बीबीसीकाे खबरमा उल्लेख गरिएको छ । इञ्जिनमा समस्या आएपछि विमान चालकले नआत्तिकन बस्न यात्रुलाई आग्रह गरेका थिए । उनले डेनभरको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर सहयोग मागेका थिए ।

घटनाको अनुसन्धान हुने विमान कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah