एजेन्सी । भारतको उत्तर प्रदेशको महोबा जिल्लामा एक व्यक्तिले चिसोबाट बच्न पैसा बालेका छन् । महोबा शहरस्थित पुरानो सब्जी मन्डी परिसर बाहिर एक मानसिक सन्तुनल ठिक नभएका व्यक्तिले चिसोबाट बच्न पाँच–पाँच सयका नोटहरु बालेका हुन् ।

ती व्यक्तिले लाखौँको नगद, दुईवटा एन्ड्रोइड मोबाइल र सुन चाँदीको गहनासहित धारिलो हतियार पनि आगो बालेको त्यहाँ सरसफाइ गर्ने मानिसले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीय सञ्चार माध्यमका अनुसार आगो बाल्दै ती व्यक्तिले भनेका थिए, ‘के गरुँ, मलाई चिसो लाग्यो, जे भेटेँ त्यो बालेर चिसोबाट छुटकारा पाएँ ।’

घटनाबारे जानकारी पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले यसबारे अनुसन्धान शुरु गरेको बताइएको छ ।