११ फागुन, काठमाडौं । युरोपेली संघ (ईयू)का नेताहरु सैन्य ‘कू’को विषयलाई लिएर म्यानमारको सेनालाई प्रतिबन्ध लगाउन तयार भएका छन् । फेब्रुअरी १ मा म्यानमारको सेनाले मुलुकका प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै सत्ता आफ्नो हातमा लिएको थियो । सोमबार बसेको ईयूका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको बैठकले रुसका सरकारी अधिकारीलाई पनि कालोसूचीमा राख्ने निर्णय गरेको छ । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई पक्राउ गरेको विषयलाई लिएर ईयूले रुसका सरकारी अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेको हो ।

ईयूका विदेश नीतिका प्रमुख जोसेप बोरेलले सोमबार बोल्दै म्यानमारसँगको व्यापारमा कुनै प्रतिबन्ध नलगाइने बताए । व्यापारमा प्रतिबन्ध लगाउँदा म्यानमारका आम जनता मर्कामा पर्न सक्ने भन्दै ईयूले व्यापारमा प्रतिबन्धको प्रस्ताव अस्वीकार गरेको हो ।बोरेलले भने, ‘हाम्रो विकास प्रणालीमार्फत् म्यानमारको पुनर्संरचनाको लागि दिइने सबै किसिमको प्रत्यक्ष वित्तीय सहयोग पनि रोकिएको छ ।’ यसअघि नै सैन्य कूको विरोध गर्दै बेलायत, क्यानडा, न्युजिल्याण्ड र अमेरिकाले म्यानमारको सैनामाथि प्रतिबन्ध लगाइसकेका छन् ।विश्वभरबाट कूको विरोध भइरहे पनि म्यानमारको सेनाले भने सत्ता आम जनतालाई हस्तान्तरण गर्न अस्वीकार गर्दै आएको छ । सेनाले आफूले मुलुकमा स्वच्छ निर्वाचन गराउँदै त्यसमा जित हात पार्ने पार्टीलाई सत्ता सुम्पिने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah