काठमाण्डाै - भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ तारिखदेखि हुने भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ तारिखदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दीर्घरोगीको हकमा भने ४५ वर्षमाथिकालाई पनि खोप दिइने त्यहाँका अधिकारीलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका तथ्याङ्क छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतले जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान सुरु गरेको थियो ।