कुनै मानिस ६८ वर्षसम्म जेलमा बसेर बाहिर आउँदा कस्तो अनुभव होला ? अमेरिकामा जोसेफ लिगोन नामका एक व्यक्तिको जीवनमा यस्तै घटना भयो ।सन् १९५३ मा उनलाई अदालतले जन्मकैदको सजाय दिएपछि उनी जेल परेका थिए । त्यसयता उनी जेलको चार पर्खालभित्र कैद थिए । हाल जेलमुक्त भएर बाहिर निस्किँदा उनले जे देखे त्यो सपनाजस्तै भयो ।जेलभित्र रहँदा उनले जुन कुरा किताबमा पढेका थिए र सपनामा देखेका थिए त्यही दृश्य बाहिरी संसारमा देख्न पाउँदा उनलाई सपनाजस्तै लाग्नु स्वभाविकै थियो ।

जेल बाहिर आउँदा उनले अग्ला अग्ला भवनहरु, प्रविधि, चौडा सडक तथा गाडीहरु देखे जुन ५३ वर्षअघि खासै थिएन ।१५ वर्षको उमेरमा लिगोनलाई जेल सजाय भएको थियो । फिलाडेल्फियामा हत्या, डकैती तथा हमलाका दुईवटा घटनामा दोषी ठहर गर्दै अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो ।६८ वर्ष जेलमा बसेसँगै उनी सबैभन्दा लामो समयसम्म जेलमा बस्ने अमेरिकी किशोर अभियुक्त समेत बनेका छन् । अघिल्लो हप्तामात्रै जेल सजाय भुक्तान गरी उनी बाहिर निस्किए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झण्डै पूरै जिवन जेलमा बिताएर बाहिरिँदा उनले देखेको संसार पूर्णरुपमा नयाँ थियो । उनले त्यतिअग्ला भवन कहिल्यै देखेका थिएनन् । बाहिरी दुनियामा आफूलाई ढाल्नु उनका लागि सबैभन्दा ठूलो चुनौती बन्यो ।उनले ६८ वर्षसम्म सजाय काटेर इतिहास रचेको जेललाई अब संग्राहलय बनाउन लागिएको उनी बताउँछन् ।जेलबाट बाहिर निस्किएसँगै उनले आफ्ना आफन्तहरुसँग भेट गर्ने इच्छा जाहेर गरे सबैभन्दा पहिले । तर विडम्बना उनले चिनेका उनका आफन्तहरु मध्ये धेरैजसोको त मृत्यु भैसकेको थियो ।