
काठमाडौं । सामाजिक अभियन्ता शरिन तामाङले समलिंगी विवाह गरेकी छिन् । तामाङले एक छारीकी आमा देवी कार्कीसँग शनिबार विवाह गरेकी हुन् । समाजसेवी शरिनले लामो समयपछि आफू समलिंगी भएको सार्वजनिक गरेकी हुन् । उनीसँग नजिक रहेकी समाजसेवी जुनु पुनले शरिन र देवीको विवाहको तस्बिर सार्वजनिक गरेकी हुन् ।
शरिनको एक छोरा र एक छोरी भने भने देवीको पनि एक छोरी छन् । तर दुबै जनाको श्रीमानसँग डिभोर्स भइसकेको छ । धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नो भनाइ राख्ने गरेकी थिइन् भने समस्यामा परेकाहरुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आएकी थिइन् ।