राजपासहितको संघीय गठबन्धनको बैठकले १४ असारमा हुने तीनवटा प्रदेशको चुनावमा भाग नलिने निर्णय गरेको छ ।

गठबन्धनका नेता कुमार राईका अनुसार गठबन्धनले आफ्नो आन्दोलनको कार्यक्रम जारी राख्दै उमेद्वारी मनोनयका दिन ४ असारमा तराई बन्दको आव्हान गरेको छ । ‘हाम्रो आन्दोलन निरन्तर रहन्छ’ राईले भने, ‘२ असोजको निर्वाचनबारे भने हामीले पछि निर्णय गर्नेछौँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गठबन्धनले शनिबार तराईका मधेसका जिल्लामा लाठी जुलुस निकाल्ने निर्णय गरेको छ । यस्तै, संघीय गठबन्धनले आइतबार तराई बन्दको घोषणा समेत गरेको छ । राजपा नेता अनिल झाले चुनावको कडा प्रतिवाद गर्ने निर्णय भएको बताए ।

‘सरकार आन्दोलनरत दलका माग सम्वोधन गर्न तयार देखिएन, हामी आन्दोलनमा छौं सरकार वेवास्ता गरिरहेको छ’, उनले भने, ‘सरकारले माग सम्वोधन नगरेका कारण हामी निर्वाचनमा सहभागी हुँदैनौं बरु यो निर्वाचनको कडा प्रतिवाद गर्छौँ ।’