बलिउड निर्देशक अनुराग कश्यप, निर्माता विकास बहल र अभिनेत्री तापसी पन्नुको घरमा आयकर विभागले छापा मारेको छ । यो छापामारी फिल्म ‘फेन्टम’सँग सम्बन्धित रहेको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार विकास बहल यो प्रोडक्सन हाउसको संस्थापक हुन् भने अनुराग कश्यप यसका मालिक हुन् । यद्यपि अभिनेत्री तापसीको घरमा छापा मार्नुको कारण खुलेको छैन ।
भारतको मुम्बई र पुणेका २२ स्थानमा आयकर विभागले कर छलीको आशंकमा छापामारी रहेको छ । यी कलाकारविरुद्ध ठूलो मात्रामा आयकर छलीको आरोप छ ।

उनीहरुको मुम्बई र मुम्बई बाहिर रहेका स्थानमा छापा मार्ने काम सुरु गरिएको छ । यो छापा मार्ने अभियानमा यी कलाकार भन्दा ठूला कलाकारको नाम पनि जोडिन सक्ने अवस्था आइरहेको बताइएको छ ।

सामाजिक सञ्जालमा अनुराग र तापसी निकै सक्रिय छन् । दुवैले ‘साण्डकी आँख’ र ‘ममर्जियाँ’ जस्ता सफल फिल्म एकसाथ बनाइसकेका छन् । फिल्म ‘दोबारा’मार्फत दुवैजना पुनः एकपटक दर्शकमाझ आउदैछन् ।
-खबर हब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय