काठमाडौं – सरकारले चिनियाँ नाका हुँदै पहिलो पटक रासायनिक मल नेपाल ल्याउन गरेको परीक्षण सफल भएसँगै आउँदो सातासम्म ४ हजार  मेट्रिकटन यूरिया मल तिब्बतको सिगात्सेबाट तातोपानी आइपुग्ने भएको छ ।चिनियाँ बजारबाट खरिद गरिएको कुल १८ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको ४ हजार मेट्रिकटन मल उत्तरी नाकाबाट भित्रिने जनाइएको छ ।सो मल कन्टेनरमा आगामी शनिबार तिब्बतको सिगात्सेबाट तातोपानी आइपुग्ने निश्चित भएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

मल ल्याउने जिम्मा पाएको शिल्क मार्केट नेपाली कम्पनीले शनिबारसम्म चार हजार मेट्रिक टन यूरिया मल तातोपानी आइपुग्ने जनाएको छ ।साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार चीनमै खरिद गरिएको मल पनि अहिलेसमम भारततर्फको जलमार्ग भएर नेपाल भित्रिने गरेकोमा पहिलो पटक परीक्षणको रुपमा उत्तरी नाकाबाट पनि मल ल्याउन प्रयास गरिएको हो ।

रसुवागढी नाका आजबाट सञ्चालनमा : लामो समयदेखि बन्द नेपाल – चीन व्यापारीक रसुवागढी नाका आजबाट सञ्चालनमा आएको छ । माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेसँगै लोडेड ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेका छन् ।कोभिड १९, प्राकृतिक विपत्ति लगायतका कारण अवरोध खेपिरहेको सो नाका ल्होसार मनाउन कामदार छुट्टीमा गएपछि २३ दिनदेखि ठप्प बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय