काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।ओलीले भने ‘एउटा भ्रम छर्न खोजिएको छ तर हामीले कसैलाई पनि अनुचित ढंगले प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ । गर्दैनौँ पनि ।’प्रचण्ड र माधवलाई लक्षित गर्दै ओलीले भने, ‘उहाँहरुको गतिविधि देखेर अचम्म लाग्छ । आफ्नो पार्टीको दुईतिहाइ भत्काएर प्रधानमन्त्रीलाई जसरी पनि हटाएर अरुलाई प्रधानमन्त्री खाइदिनूस् भन्दै बिन्ती गरिराख्नुभएको छ ।’मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको लागि आफूले संसद विघटन गर्ने बाध्यता रहेको पनि उनको दावी थियो । शुक्रबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग शान्तिपूर्ण वार्तामा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ओलीले आज एउटा ऐतिहासिक काम सम्पन्‍न भएको बताउँदै भने, ‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन। अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन।’आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने विश्‍वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्‍याएर नेकपाका नेता तथा कार्यकर्तालाई छोडिने बताए। प्रधानमन्त्री ओलीले सरकार र नेकपाबीच रातारात सहमति नभएको बताउँदै भने, ‘रातारात होइन। वर्षौँदेखि वार्ता चलिरहेको थियो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय