धनगढी-‘जाउँ है पोखरा’ अभियान लिएर देश डौदाहामा निस्किएको मध्यमाञ्चल होटल संघ पोखराले सुदूरपश्चिमबाट पोखरामा पर्यटक भित्र्याउन पहल थालेको छ ।प्रदेशको धनगढी, महेन्द्रनगर लगायतका सहरमा रहेका होटल तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा प्रदेशमा रहेका भ्रमण गर्न ईच्छुक र सुदूरपश्चिममा आएका भारतीय पर्यटकलाई पोखरा भित्र्याउने प्रयास गर्न थालेको हो । ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत होटल संघ पोखराले शनिबार धनगढीमा होटल तथा पर्यटन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बाह्य पर्यटक आउन नसक्ने यो घडीमा पर्यटन व्यवसायको पुनरुत्थान गर्न एक आपसमा पर्यटक एक्सचेन्ज गर्न आवश्यक रहेको बताए । ‘देशका सबै जिल्लामा पर्यटन गन्तव्यहरू छन्,’ उनले भने, ‘कोभिड–१९ का कारण बाह्य पर्यटकहरू आउन सकिरहेका छन् । स्वास्थ्य सुरक्षा अपनाउँदै सञ्चालन गरिएका होटल तथा पर्यटन व्यवसायले गति लिन सकिरहेको छैन । यो बेला एक जिल्लाले अर्को जिल्लासंग पर्यटक एक्सचेन्ज गर्न अतिआवश्यक छ । आन्तरिक पर्यटनबाट नै अबका दिनमा होटल र पर्यटन व्यवसाय उठ्न सक्छ ।

’अध्यक्ष तुलाचनले पर्यटकलाई प्याकेज मात्रै दिएर नपुग्ने बताउँदै सबैको प्रयासमा पर्यटकको बसाई आफ्नो ठाउँमा लम्ब्याउनका लागि योजना आवश्यक पर्ने बताए । उनले पोखारामा रहेका पर्यटकलाई सुदूरपश्चिम पठाउन र सुदूरपश्चिममा रहेका पर्यटकलाई पोखरा ल्याउन दुवै ठाउँका होटल तथा पर्यटन व्यवसायीको महत्वपूर्ण सहकार्य हुनुपर्ने बताए । उनले पर्यटकको सहज यात्राका लागि धनगढी–पोखरा हवाई सेवाका लागि समेत आफूहरूले पहल गरिरहेको बताए ।आन्तरिक पर्यटन पुनरुत्थान समिति सुदूरपश्चिम प्रदेशका संयोजक मायाप्रकाश भट्टले पोखराले सुदूरपश्चिममा पर्यटक पठाउने ग्यारेन्टी दिए आफूहरूले पनि यहाँबाट पर्यटक पोखरा पठाउन तयार रहेको बताए । ‘हाम्रोबाट जहाज भरिएर जाने र उताबाट खाली आउने प-यो भने सहकार्य गर्न सहज हुँदैन,’ उनले भने, ‘उताबाट पनि जहाज भरिएर पर्यटकहरू यहाँ आउने ग्यारेन्टी दिन पोखराले सक्यो भने हामी पठाउन तयार छौं । दुईतर्फ सहयोगले आन्तरिक पर्यटनलाई बृद्धि गर्छ र टिकाउ पनि हुन्छ ।’

व्यवसायी गोपाल हमालले पर्यटन गतिविधि बढाउन दुईतर्फी फाइदा र सहयोग भएमा कोरोनाका कारण धरमराएको पर्यटन व्यवसाय छिट्टै उठ्न सक्ने बताए । उनले पनि पर्यटक एक्सचेन्जका लागि पोखरा–धनगढी फ्लाइट हुन आवश्यक रहेको बताए । उनले सुदूरपश्चिमको डिल्ली, उत्तराखण्ड, उत्तरप्रदेशबाट भारतीय पर्यटक आउने गरेको बताउँदै उनीहरूलाई पोखरासम्म जान र फर्किन हवाई सेवाले सहज बनाउने बताए ।होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले कोरोनाको कहर कम हुँदै जाँदा होटल व्यवसाय खुले पनि नाकामा सहज आवागमन खुला हुन नसकेकाले पर्यटक आउने वातावरण अझै नबनेको बताए । उनले विदेशी पर्यटक शुन्य भएको बेला आन्तरिक पर्यटकको मोभिलिटीले पर्यटन व्यवसायलाई चलायमान बनाउन एक ठाउँले अर्को ठाउँलाई सहयोग गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah