काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले लोकतन्त्र कार्यन्वयनको प्रारम्भमै वर्तमान राजनीतिक परिस्थिति कमजोर बन्नुमा लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट नेतृत्व विचलित हुनु प्रमुख कारण रहेको बताएका छन् ।तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतामा सक्रिय भुमिका निर्वाह गरेका प्रभाकरले सर्वोच्चको फैसलापछि पूर्व एमाले र माओवादी केन्द्र छुट्टिएसँगै यस्तो प्रतिक्रिया दिएका हुन् ।मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कमजोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ । आफै भित्र उत्तर खोज्दै जाँदा लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्व बाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ ।’ उनले परिवर्तनको मर्मअनुरुप राज्यका संरचनाहरूको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्तास्वार्थ, व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुगेको पनि निश्कर्ष निकालेका छन् ।
विचलित विकृत राजनीतिप्रति घृणा गर्दै युवाहरूबीच हातेमालो गरौँ:जनार्दन शर्मा प्रभाकर
सवालनेपालसंवाददातामंगलबार, २५ फागुन २०७७

विचलित विकृत राजनीतिप्रति घृणा गर्दै युवाहरूबीच हातेमालो गरौँ:जनार्दन शर्मा प्रभाकर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८



