परासी — स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सातवटै प्रदेशमा अहिलेको प्रादेशिक अस्पतालभन्दा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने बताएका छन् ।पश्चिम नवलपरासीको बर्दघाटमा स्वास्थ्य बीमा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले सात प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि योजना बनाइरहेको बताएका हुन् । ‘एउटा अस्पताल निर्माणका लागि तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सात स्थानमा २१ अर्बको लगानीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेछ,’उनले भने,‘कोरोना रोकथाम र खोप प्रयोजनका लागि ४६ अर्बभन्दा बढी रकम स्वास्थ्य मन्त्रालयलाई आवश्यक भएकोमा सोही रकम बचाएर उपचारका लागि विदेश जान नपर्ने अस्पताल सञ्चालन हुनेछ । ’
सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको अस्पताल बन्छ : मन्त्री त्रिपाठी
सवालनेपालसंवाददाताबुधबार, २६ फागुन २०७७

सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको अस्पताल बन्छ : मन्त्री त्रिपाठी
अर्को प्रसंगमा मन्त्री त्रिपाठीले स्वास्थ्य मन्त्रालयजस्तो अस्वस्थ मन्त्रालय आफूले नदेखेको भन्दै यसअघिका सबै स्वास्थ्य मन्त्रीहरुको तर्फबाट आफूले माफी माग्नुपर्ने महसुस गरेको बताए । ‘मैले मन्त्रालयमा आएर यसअघिका सबै फाइल अध्ययन गर्दै छु । अस्तव्यस्त मन्त्रालयलाई मैले ट्याकमा ल्याउने प्रयासमा छु । जनतालाई दीर्घकालीन रुपमा फाइदा हुने गरेर स्वास्थ्य संस्था र नीतिगत कामलाई प्राथमिकतामा राखेर काम गर्दै छु ।’ जिल्लाका सात वटै स्थानीय तहमा बुधबारबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ ।
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८



