नेपालमा गाँजालाई २०३३ सालदेखि प्रतिबन्ध लगाइएको छ । लागू औषध (नियन्त्रण) ऐन २०३३ दफा ४ (क) ले गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न बिक्री–बितरण गर्न निकासी वा पैठारी गर्न, ओसार–प्रसार गर्न, सञ्चय गर्न वा सेवन गर्न पाइने छैन भन्ने व्यवस्था गरेको छ । यद्यपी नेपालमा गाँजाको परम्परागत महत्व छ । नेपालमा मात्र नभई विश्व जगतमै गाँजाको वैज्ञानिक महत्व पनि उत्तिकै छ ।

आयुर्वेदिक औषधि

गाँजा एक आयुर्वेदिक औषधि हो । गाँजालाई आयुर्वेदले एक ‘मेडिकल प्लान्ट’ (औषधिय बोट) को रूपमा लिएको छ । आयुर्वेदको द्रव्यगुणले गाँजालाई तिक्त रस भएको, गरम वीर्य भएको, मादक प्रभाव भएको र औषधिय गुण भएको तत्व हो भनेको छ ।गाँजा परम्परागत रूपमा विभिन्न रोगहरूको उपचारमा प्रयोग हुने गरेको पाइन्छ । गाँजा अर्थात ‘क्यानाबिस स्याटिवा’ एक प्रकारको फूल फुल्ने वनस्पति हो । ऐतिहासिक परम्पराअनुुसार फाइबर, बीज, तेल, धार्मिक, आध्यात्मिक र चिकित्सा क्षेत्रका लागि गाँजाको प्रयोग गरिएको पाइन्छ ।

नेपालमा गाँजाको प्रयोग गरी विभिन्न औषधिहरू उत्पादन हुने गरेका थिए । यहाँ गाँजा प्रतिबन्धित हुनुपूर्व सिंहदरबार वैद्यखानाद्वारा आयुर्वेदिक औषधिहरूमा गाँजाको प्रयोग हुने गरेको सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष डा. बाबुराजा अमात्य बताउँछन् ।कान चर्कने रोग भएमा, निद्रा नलाग्नेमा, टाउको दुखेमा, हिस्टिरिया रोगमा, टाउकोको चायामा, दम वा स्वास प्रस्वासको रोगमा, लहरे खोकी लागेमा, वाथ भएमा, छारेरोग भएमा, अल्काई भएमा, पित्तको समस्या भएमा, मलेरिया ज्वरो आएमा, भोक जगाउन र घाउ, खटिरा आएमा गाँजाको प्रयोग गर्न सकिन्छ । विभिन्न स्वास्थ्यसम्बन्धि समस्याहरूको परम्परागत समाधानको रूपमा गाँजा नै प्रयोग भएको बुझिन्छ ।

डा. अमात्य भन्छन्, ‘गाँजा गाउँघरमा प्राचीन मान्यताअनुसार विभिन्न स्वास्थ्य समस्याको समाधानको रूपमा प्रयोग गरिएको पाइन्छ । प्रतिबन्धपूर्व सिंहदरबार बैद्यखानाले पनि गाँजाको प्रयोगबाट बन्ने ‘रातोबरी’, ‘जाती फलाडी चूर्ण’ र ‘मदनानन्द मोदक’ जस्ता विभिन्न औषधिहरू उत्पादन गर्ने गरेको थियो । रातोबरी औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने, ‘जाती फलाडी चूर्ण’ले आन्द्राको रोग निको पार्ने, ‘लक्ष्मीविलास रस’ले नाकबाट पानी बग्ने रोग ठिक गर्ने, ‘सर्पगन्धा’ले अनिद्रा र उच्च रक्तचाप ठिक गर्ने र ‘मदनानन्द मोदक’ले डिपे्रसन कम गथ्र्याे । हाल यी कुनै पनि औषधि उत्पादन हुँदैनन् ।’

गाँजाः लागुपदार्थ

भाङ भनेको गाँजाको बोटको गेडा फल हो । त्यस्तै गाँजाको पातलाई माडेर त्यसबाट निस्केको चोपलाई चरेस भनिन्छ । सबै तत्वको ठाउँ नै पिच्छे आ–आफ्नो छुट्टै नाम छ, आ–आफ्नै छुट्टै गुण पनि ।भाङको गेडाको अचार बनाउने र गाँजालाई विभिन्न स्वास्थ्य समस्या हुँदा औषधिको रूपमा प्रयोग गर्ने प्रचलन छ । तर अचार र औषधिभन्दा पनि लागु पदार्थको रूपमा यी वस्तुहरूको प्रयोग ब्यापक छ । उत्सवहरूमा भाङको लड्डुलगायत विभिन्न परिकार नै बनाएर खाने चलन चलि आएको छ ।जब गाँजालाई आयुर्वेदिक प्रयोजनका लागि नभई केवल मनोरञ्जन र लठ्ठिनकै लागि मात्र नियमित प्रयोग गरिन्छ, तब गाँजालाई लागुपदार्थ भन्नुपर्ने हुन्छ । गाँजाको अधिकतम प्रयोगले लत लाग्छ । कतिपय प्रयोगकर्ताले बेहोस हुनकै लागि मात्रै पनि प्रयोग गरिरहेका हुन्छन् ।गाँजाको अनुचित प्रयोगले प्रयोगकर्ता बेहोस हुने र अभद्र व्यवहार गर्ने मात्र नभई उनीहरूको स्वास्थ्यमा पनि प्रतिकुल असर परिरहेको हुन्छ । स्वास्थ्यमा असर पर्ने किसिमका यस्तो लत लाग्ने कुरालाई पटक पटक प्रयोग गर्दै जाँदा भोलि अझै धरै खान मन लाग्ने हुदै जान्छ ।

यसरी लत लाग्ने लागुपदार्थको नियमित सेवनले शरीरमा प्रतिकुल असर पर्ने अमात्य बताउँछन् । उनी भन्छन्, ‘आयुर्वेदको भाषामा भन्नु पर्दा लत लाग्ने लागुपदार्थको नियमित सेवनले शरीरका रस धातुहरूलाई सुकाउँदै लैजान्छ । यसो हुदा शरीरका पोषणहरू कम हुदै जान्छन् । जसका कारण अन्य अंगहरूमा पनि यसको असर पर्न जान्छ र साथ साथै स्नायु प्रणाली पनि क्षति हुन सक्छ । अन्त्यमा सम्पूर्ण शरीरमा असर पर्न सक्छ ।’

‘मेडिकल भ्यालु बोकेको तत्व’

आयुर्वेदको सिद्धान्तमा आयुर्वेदिक औषधिहरूमा १२५ देखि २५० ग्रामसम्म गाँजा अथवा भाङको प्रयोग गरिएको हुन्छ । यी तत्वलाई प्रशोधन गरेर मात्रै, उपयुक्त मात्राअनुसार र चिकित्सकको सल्लाहले मात्रै प्रयोग गर्नुपर्ने अमात्यको भनाई छ ।‘सरकारले गाँजाको प्रयोगको लागि उपयुक्त नीति नियम बनाएर यसलाई आयुर्वेदको औषधिको रूपमा प्रयोग गर्नुपर्छ । बलियो कानुन बनाएर परम्परागत ज्ञान र सीपको पनि अनुसन्धान गर्दै अगाडी बढ्नुपर्ने हो ।’अमात्य भन्छन्, ‘तर यहाँ प्रतिबन्ध भैसके पछि त त्यसलाई कसैले चलाउने आँटै गर्दैन । कानुनले नदिएको कुरालाई गर्न पनि मिलेन ।’ गाँजा दुरूपयोग नहुने किसिमले नीति नियम बनाएर नियमन गर्न सके, आयुर्वेद चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोगमा ल्याउने सके यसको घातक असरबाट बच्न सकिने अमात्यको भनाइ छ ।अमात्य अगाडी भन्छन्, ‘गाँजा औषधिय प्रयोगका लागि प्राचीन समयदेखि प्रयोग गरिएको जडिबुटि भएता पनि यो खुला गर्नासाथ दुरूपयोग हुने किसिमको कुरा हो । त्यसैले सरासर खुला गर्न नसकिएको हो ।’

गाँजा प्रतिबन्धको असर

 

गाँजाका योग भएका थुप्रै औषधिहरू छन् । आयुर्वेदिक योग भएका शास्त्रसंवत कुराहरू प्रतिबन्धित हुँदा धेरै हदसम्म आयुर्वेदिक क्षेत्रमा अप्ठ्याराहरू सिर्जना भएको अमात्यको बुझाई छ ।‘सरकारले यस्ता कुराहरू प्रयोग गर्न नपाइने भनी सकेपछि ती कुराहरूबाट बन्ने औषधिहरू उत्पादन हुन सकेका छैनन्’, अमात्य भन्छन्, ‘जसका कारण ती औषधिबाट लिन सकिने फाइदाबाट बञ्चित हुनु परेको छ ।’प्रतिबन्धले औषध क्षेत्रमा मात्र नभई आर्थिक क्षेत्रमा पनि असर परेको छ । सदुपयोग गर्न सकियो भने अचुक औषधिलगायत राम्रा खालका कपडा सम्मको व्यावसायिक लाभ उठाउन सकिने अमात्य बताउँछन् । भन्छन्, ‘औषधिदेखि कस्मेटिक उद्योगमा पनि गाँजाको प्रयोग हुने हुँदा गाँजालाई व्यवस्थित किसिमबाट अघि बढाउन सकियो भने यसले देशको आर्थिक क्षेत्रमा पनि टेवा पुर्‍याउने थियो ।’

शिवरात्री र गाँजा

शिवरात्रीको अवसर हो भन्दै गाँजा, घोट्टालगायत विभिन्न लागुपदार्थ सेवन गर्ने प्रचलन कायमै छ । शिवरात्रीमा बाबाजीहरूदेखि भगवान शिवका भक्तजनहरूको आ–आफ्नै परम्परा देखिन्छ । जसका कारण ठाउँ–ठाउँबाट गाँजा खान, रमाइलो गर्नै मात्र भए पनि शिवरात्रीको बेला पशुपति क्षेत्र भरिभराउ हुन्छ ।युवावर्गले गाँजाको अनुचित प्रयोगले निम्तिने समस्याहरू नबुझीकनै गाँजाको प्रयोग गरिरहेका हुन्छन् । गाँजा खाएर लठ्ठिने, ‘शिवरात्रीमा त गाँजा खानै पर्छ’ र ‘भाङ बुट्टी त महादेवको प्रसाद हो’ भन्ने खालका प्रवृत्ति उपयुक्त नभएको अमात्य बताउँछन् ।आयुर्वेद र चिकित्सा शास्त्रले गाँजाको आवस्यक गुण र तत्वलाई प्रशोधन गरेर मात्र औषधि बनाउछ । जथाभावी प्रयोग गर्दा फाइदा भन्दा बढी हानी पुग्ने कुरा युवावर्गलाई ज्ञान हुनुपर्ने अमात्य बताउँछन् । उनी भन्छन्, ‘जान्ने बुझ्ने युवावर्गले कहिल्यै यस्ता कुराहरूको अनुचित प्रयोग गर्दैनन् । यसले प्रयोेगकर्ताको सामाजिक, आर्थिक र स्वास्थ्य स्थितिमा हानी पुर्‍याउँछ ।’

गाँजा खुल्ला भएका देशहरू

विकसित मुलुकहरूले गाँजाको खेति र यसको व्यापारबाट धेरै पैसा कमाए भन्ने समाचार सुन्नमा आउँछ । विभिन्न विकसित मुलुकहरूमा गाँजा केही हदसम्म खुल्ला नै छ । जस्तै नेदरल्याण्ड, क्यानडा, उरुग्वे, दक्षिण अफ्रिका, जमैका, कोस्टारिका, कोलम्बिया, स्पेन, बेलिज, चेक रिपब्लिक र अमेरिकाको क्यालिफोर्निया, कोलोराडोलगायत विभिन्न राज्यहरूमा गाँजाको प्रयोगको लागि उपयुक्त नीति नियमहरू बनाइएको छ ।यी मुलुकले खानलाई भन्दा पनि गाँजाको विभिन्न खालका प्रयोगहरूलाई अगाडी बढाइरहेका छन् । यी राष्ट्रहरूले गाँजाको सदुपयोगबाट चिकित्सा क्षेत्रमा नयाँ खोजका साथसाथै आर्थिक समुन्नति पनि प्राप्त गरिरहेको अमात्यको भनाइ छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah