रूपन्देही– रूपन्देहीको रोहिणी गाउँपालिकाले २ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यले गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गम्भीर र सामान्य प्रकृतिका बिरामीलाई उपचारका लागि बाहिर लैजाँदा महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो ।अहिले गाउँपालिकामै एम्बुलेन्स आएपछि यसले रोहिणीका स्थानीय मात्र नभई यस आसपासका ओमसतिया गाउँपालिका तथा नवलपरासीका छिमकी पालिका पनि लाभान्वित हुनेछन् । गाउँपालिकामा सञ्चालनमा आएका एम्बुलेन्समध्ये एउटा धकधई स्वास्थ्य चौकीमा रहनेछ भने अर्को बोदवार प्राथमिक स्वास्थ्य चौकी पिपरहवामा राखिनेछ ।  गाउँपालिकाबासीले एम्बुलेन्सलाई ¥यालीसहित फूलमाला र अबिर लिएर एम्बुलेन्सको स्वागत गरेका छन् । आफूहरूले महँगो रकम तिरेर अस्पताल जानुपर्ने समस्या हटेको खुसीयालीमा एम्बुलेन्सलाई स्वागत गरिएको उनीहरूले बताए ।

एम्बुलेन्स सञ्चालनपछि स्थानीय नागरिकलाई स्वास्थ्य उपचार सहज हुने रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए । ‘गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य सेवा सञ्चालन भएको छ । अब एम्बुलेन्स खरिद गरेपछि नागरिकको स्वास्थ्य सुविधामा टेवा पुग्नेछ’, अध्यक्ष यादवले भने ।गाउँपालिकाभित्रका ३ वटा बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने गर्भवती महिलालाई अस्पताल ल्याउने र त्यहाँबाट पुनः निःशुल्क रूपमा घर लैजाने व्यवस्था गरिएको उनले बताए । अन्य स्थानमा लैजान परे अन्य एम्बुलेन्सबाट कम शुल्कमै अस्पताल पु¥याउने व्यवस्था गरिएको उनको भनाइ छ । कोभिड महामारीको समय गाउँपालिकामा स्थापना भएको क्वारेन्टाइनबाट संक्रमितलाई अस्पताल लैजान र ल्याउन धेरै समस्या भएको बताउँदै यादवले भविष्यमा यो समस्याबाट मुक्ति पाउन एम्बुलेन्सले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।  रोहिणीले आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।सरकारबाट भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छुट सुविधा प्राप्त गरेको बोलेर कम्पनीका दुवै एम्बुलेन्सको मूल्य २० लाख ४३ हजार ५ सय ७४ रुपैयाँ परेको न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah