बलिउडकी अभिनेत्री सिमी ग्रेवालले बेलायती मेगन मार्कलले सहानुभूतिका लागि जातिवादको खेल खेलेको आरोप लगाएकी छिन् ।
ह्यारी र मेगनको एक अन्तरवार्तापछि विश्वभर नै यसको विषयमा चर्चा र परिचर्चा चलिरहेको छ ।
उक्त अन्तरवार्ताको विषयलाई लिएर सिमी ग्रेवालले लेखेकी छन्, ‘मलाई मेगनले बोलेका शब्दहरुमा विश्वास नै लागेको छैन । उनले आफूले आफूलाई पीडित भएको झुट बोलेकी छन् । उनले मानिसहरुबाट सहानुभूति पाउनका लागि जातिवादको कार्डको खेल खेलिरहेकी छिन् ।’
मेगनले केहि दिन अगाडि दिएको अन्तरवार्तामा शाही परिवारमाथि आरोप लगाएकी छन् । मेगनले जन्माएको सन्तानलाई राजकुमार बनाउन शाही परिवारलाई अप्ठ्यारो परेको र उनीहरुमा बच्चा जन्मिनुअघि नै कति कालो रंग हुने हो भन्ने विषयमा समेत चर्चा भएको बताएकी थिइन् ।
उनले शाही परिवारमा बसेर भोगेका पीडाका कारण आत्महत्या गर्ने सोच समेत रहेको बताएकी थिइन् ।
https://twitter.com/Simi_Garewal/status/1368741572221698049?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1368741572221698049%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F171352%2F2021%2F3%2F11%2Fbollyhood-actress









