म्यान्मारमा बिहीवार सैन्य शासकहरूले रगतको खोलो बगाएका छन् । उनीहरूले कम्तीमा १२ जनाको हत्या गरेको एक निगरानी समूहले जानकारी दिएको छ ।संयुक्त राष्ट्रसंघका एक अधिकारीले सैन्य शासकहरूले शान्तिपूर्ण प्रदर्शनकारीको दमन मानवताविरुद्धको अपराधको हदमा पुगेको बताएका छन् ।म्याइङ नामक सानो शहरमा प्रहरीले निहत्था मानिसमाथि गोली चलाउँदा कम्तीमा आठजनाको ज्यान गएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरमा शहरका सडकहरू रगतपच्छे भएको र शरीरहरू उत्रतत्र छरिएको देखिन्छ ।एउटा वीभत्स तस्वीरमा टाउको फुटेको र गिदी सडकमा छरिएको समेत देखिन्छ ।

गत फेब्रुअरी १ मा सेनाले शासन हत्त्याएपछि देशका विभिन्न भागमा शान्तिपूर्ण प्रदर्शनमाथि क्रूर दमन गरिरहेको छ ।देशको सबभन्दा ठूलो शहर यांगोनमा बिहीवार चित मिन थु नामक विरोधकर्तालाई नर्थ ड्रागन क्षेत्रमा हत्या गरिएको रोयटर्स समाचार संस्थाले जनाएको छ । पत्नी आये म्यात थुले घरैमा बस्नुस् भनी बिन्तीभाउ गर्दा पनि उनी विरोधमा निस्कन अड्डी कसेको बताइन् ।‘स्वतन्त्रताका लागि ज्यान दिनु जायज छ भन्नुभयो,’ उनले बताइन् । ‘मानिस विरोध प्रदर्शनमा भाग नलिइरहेकोमा उनी चिन्तित थिए । मानिस बाहिर निस्केनन् भने देशमा लोकतन्त्र फर्किंदैन ।’देशको लोकतान्त्रिक आमनिर्वाचनका परिणामलाई सेनाले अवैध ठहर गर्दै कू गरेपछि कम्तीमा ८० जनाले ज्यान गुमाइसकेको संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ ।

सयौं मानिस घाइते छन् ।हालैका दिनमा सेनाले पक्राउ गरेर हिरासतमा राखेका चारजनाको ज्यान गएको छ ।कू भएयता दुई हजारभन्दा बढी मानिसलाई स्वेच्छाचारी रूपमा थुनामा राखिएको छ । उनीहरूलाई परिवार र इष्टमित्रको सम्पर्कमा आउन दिइएको छैन र उनीहरू कहाँ राखिएका छन् भन्ने पत्तो छैन ।म्यान्मारको सरकारी पत्रिकाले बुधवार एक विज्ञप्ति जारी गरी विरोधकर्ताहरूमाथि न्यूनतम बल प्रयोग गरिएको बताएको छ ।बिहीवार म्यान्मारमा मानवअधिकार समबन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदक टप एन्ड्रुजले सेनाले निहत्था जनतामाथि सुनियोजित रूपमा मानवताविरोधी अपराधहरू गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah