दमक । दमक ताप्लेजुङ सम्पर्क मन्चको एक टोली ताप्लेजुङको दोभानमा हालै भएको आगलागीको घट्नाका पीडितको लागि राहत प्रदान गर्न त्यसतर्फ गएको छ । सम्पर्क मंचका अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भिम प्रसाद पौडेलको नेतृत्वमा दमक ४ का वडाध्यक्ष्य कुमार साम्सोहाङ , मन्चकी कोशाध्यक्ष्य शान्ता तामाङ , सम्पर्क मन्चका सदस्य चैतन्य बराल, पबित्रा तामाङ र बिष्णु पौडेल नगद २ लाख ११ हजार रुपैयाँ राहत प्रदान गर्न गएका हुन । सो राहत रकम ताप्लेजुङबाट दमक आएर बस्दै आएका सर्वसाधारणहरुले सम्पर्क मन्चको अगुवाईमा प्रदान गरेका सस्थाका सचिब मोहन बगालेले जानकारी दिए । दमकका विभिन्न वडामा बसोबास गर्दै आएका अतिरिक्त बिदेशमा रहेका आफन्तहरुले समेत सम्पर्क मन्चको राहत सहयोग संकलनमा सहयोग पुर्याएका र सहयोग जुट्ने क्रम जारी रहेको कोशाध्यक्ष्य सान्ता तामाङले जनाएकी छिन । सन्कलित रकम सस्थाको बिपद सहायता कोषमा जम्मा गरेर आगामी दिनमा समेत त्यसकिसिमका मानबिय उद्दार र सेवामुलक काममा लगाइने जनाइएको छ ।