काठमाडौं- भारतमा कोरोना भाइरसको सङ्क्रमण पुन तीब्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित संख्याभन्दा सबैभन्दा धेरै हो। यसअघि गएको डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई सङ्क्रमण भएको पाइएको थियो ।भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरातलगायतका विभिन्न ठाउँमा सङ्क्रमण बढ्दै गएको पाइएको छ ।यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यु लगाइएको छ । कोरोनाको झण्डै ६० प्रतिशत सक्रिय सङ्क्रमित महाराष्ट्रमा पाइएको छ ।
भारतको विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यु
सवालनेपालसंवाददातासोमबार, १ चैत २०७७

भारतको विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



