मोरङ – मोरङको जहदा गाँउपालिका हुँदै भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणमा मदिरा प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार बिहान जहदा गाँउपालिका १ हुँदै भारततर्फ लैजाने क्रममा ३ सय ५० कार्टुन अवैध मदिरा प्रहरीले बरामद गरेको हो। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसर प्रहरीले घटनामा ३२ वर्षीय भारतीय नागरिक शिवलाल रायलाई समेत पक्राउ गरेको छ।गाउँपालिकास्थित स्थानीय रमेश यादवको घरमा छापा मार्नका लागि सोमबार बिहान करिब साढे १ बजे प्रहरी पुगे पनि यादव भाग्न सफल भएका थिए। प्रहरीलाई देख्नासाथ भागेका यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ।

डीएसपी राईका अनुसार फरार बनेका यादवले भारत मटिहारीका रायसँग मिलेर विभिन्न सवारी साधनको प्रयोग गर्दै नेपालमा उत्पादन हुने महँगो मदिरा भारततिर तस्करी गर्ने गरेको पुष्टि भएको छ ।यसक्रममा प्रहरीले भारतीय नम्बर प्लेटको एउटा कार र चारवटा मोटरसाइकल पनि बरामद गरेको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए। प्रहरी प्रमुख खड्काले यादवको घरबाट विभिन्न नामका करिब ७ लाख रुपैयाँ बराबरको रक्सी र वियर बरामद गरेको उल्लेख गरे।बरामद गरिएका मदिरा र सवारी साधन तथा पक्राउ परेका रायलाई प्रहरीले आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउने भएको छ ।भारतको बिहारमा मदिरा उत्पादन, बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएसँगै नेपालबाट भारततिर मदिराको तस्करी फस्टाउँदै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah