नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले राससलाई जानकारी दिनुभयो । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहनुभएको छ ।
पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते
सवालनेपालसंवाददाताबुधबार, ३ चैत २०७७

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



