बंगलादेशको ढाका मेडिकल कलेज अस्पतालमा आज आगोलागी हुँदा ३ जना कोरोनाका बिरामीको जलेर मृत्यू भएको छ। यसरि मृत्यू भएकाहरुमा ४८ वर्षदेखि ७० वर्ष उमेरसम्मका छन। अस्पतालको तेश्रो तल्लास्थित आईसियुमा आगोलागी भएको थियो। आईसियुमा आगोलागी भएपछि उनिहरुलाई सिसियुमा सारेर भेण्टिलेटरमा राखि उपचार गरिदैं थियो। आईसियुमा कूल १३ जना विरामीहरुको उपचार भैरहेको थियो।
अस्पतालको आईसियु कक्ष जलेर क्षतिग्रस्त भएको छ। त्यँहा आईसियु कक्ष पुन सुचारु हुन समय लाग्ने जनाईएको छ। बिरामीलाई उपचारकालागि प्रयोग हुने उपकरणबाट आगोलाग्न सुरु भएको थियो। आगोलागीको कारण पत्ता लगाउन ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानविन समिति गठन गरिएको छ।



