काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले कम्युनिस्टहरुलाई नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिनुभएको छ ।आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले माक्र्सको दर्शनअनुसार पुरानोको ध्वंसबिना नयाँ निर्माण नहुने भन्दै नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिनुभएको हो ।डा. भट्टराईले विशेष गरी सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पूर्व एमाले र पूर्व माओवादी केन्द्रमा विभाजन गरिदिएको तर्फ इंगित गर्दै यसलाई अवसरको रुपमा लिँदै नयाँ समाजवादी शक्ति निर्माण लाग्न सुझाव दिनुभएको छ ।नेकपाबाट छुट्टिएपछि माओवादी केन्द्र र एमालेभित्र पनि आन्तरिक संघर्ष जारी रहेकाले अहिलेको आवश्यकता अनुसार अब समाजवादी ध्रुवीकरणमा लाग्नुपर्ने बताउनुभयो ।उहाँले फेरि पनि फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु अथवा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नुको सट्टा नयाँ समाजवादी ध्रुवीकरण तिर लाग्ने हो कि भन्दै कम्युनिस्ट नेताहरुलाई सुझाव दिनुभयो ।
कम्युनिस्टहरुलाई नयाँ ध्रुवीकरणमा लाग्न भट्टराईको सुझाव
सवालनेपालसंवाददाताशुक्रबार, ५ चैत २०७७

कम्युनिस्टहरुलाई नयाँ ध्रुवीकरणमा लाग्न भट्टराईको सुझाव
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८



