विराटनगरका पूर्वमेयर अशोक कोइरालाको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा निधन भएका ७८ वर्षीय नेता कोइरालालाई कांग्रेसका महामन्त्री डा शशांक कोइरालालगायतका नेताहरूले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । विराटनगरस्थित नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली कार्याक्रममा सहभागी कांग्रेसका नेताहरूले कोइरालाको योगदानको स्मरण गरे । महामन्त्री डा शशांक कोइरालाले वीपी कोइरालासँगको सम्बन्ध स्मरण गरेका थिए । महामन्त्री कोइरालाले अशोक कोइराला मिलनसार र सबैलाई समान व्यवहार गर्ने स्वभावको रहेको बताए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोइरालालाई क्रान्तिकारी नेताको रुपमा लिएको बताए ।

नेता कोइराला २०४९ सालको स्थानीय तह निर्वाचनबाट विराटनगरको पहिलो मेयरका रुपमा निर्वाचित भएका थिए । नेविसंघबाट राजनीति अघि बढाएका कोइराला मोरङ कांग्रेसको सभापति, संविधानसभा सदस्य, राष्ट्रियसभाको उपाध्यक्षसमेत भएका थिए । पार्टी कार्यालयमा कोइरालाको पार्थिव शरीरमा महामन्त्री डा. शशांक कोइरालाले पार्टीको झण्डा आढाए । पार्टी कार्यालयबाट सिघिंया खोलास्थित विश्रान्ति घाटमा पु¥याएर कोइरालाको पार्थिव शरीरको अन्त्येष्टि गरिएको छ । कोइराला कोइराला पूर्वप्रधानमन्त्री सुशील कोइरालाका साँहिलो भाइ हुन् । नेपाली कांग्रेस मोरङबाट शवयात्रा निकालिएको थियो । शवयात्रामा नेपाली कांग्रेस केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल, डा. शेखर कोइराला, डा. डिला संग्रौला, अमृत अर्याल, पवनकुमार सारडा, आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी, मोरङ सभापति डिगबहादुर लिम्बू, सचिव नागेश कोइराला, मोदराज घिमिरेलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah