काठमाडौ / लोडसेडिङ पुन: बढेको प्रती आक्रोश पोख्दै क्याप्टेन बिजय लामाले आफ्नो फेसबुक वालमा बिमती प्रकट गरेका छन् ।
क्याप्टेन लामाले लेखेका छन् “लोडशेड्डिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधी बडाउदै जाँदै छ! कारण देखाउदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छ्न बिद्धुत प्राधिकरणको हाकिम साबले !”
उनले अघि लेखेका छन् “के कुलमान घिसिङको पालामा चाहिँ सुख्खा याम लागेन ? अनि पानी टना टन हुन्थ्यो हो? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाइ???
केही समय पछि फेरि इन्वर्टर (inverter) अनि जेनेरेटर माफियाहरु सल्बलाएर आउदैनन अनि जनतालाइ पुरानै ठाउमा पुराउदैन भन्न सकिन्न!!! यहि चालाले पुर्याउनु समय लाग्दैन।
जनता भनेको के हो बुझ्नै गाह्रो भैसक्यो कारण जे पनि चुप लागेर सहने???
क्याप्टेन लामाले नेपालको फोहोरी राजनिती र राजनितिकर्मिहरु प्रती संकेत गर्दै अघि लेखेका छन्न “हुनत के नै गर्न या बोल्न सकिन्छ ,जुन देशमा शिर्ष नेताहरुलाई झगडा गर्नमा नै फुर्सद छैन! झै झगडा गर्न रोकेर देश बिकाशका काम-कुरा पो गर्ने कि?? 



