प्रहरीले आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउद रहेका छन् ।उनलाई २८ बर्सिया मनीषा साउदको हत्या आरोपमा पक्राउ गरिएको हो । शनिबार दिउँसो श्रीमती अचेत रहेको भन्दै आफैँले स्थानीय प्रहरी चौकीमा गरेका थिए । साउदबाटै हत्या भएको हुन सक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।मृतक मनीषाका ४ वर्षीय छोरा र ६ बर्सिया छोरी छन्।